arrow

प्रधानमन्त्रीलाई खड्प्रसाद होइन ‘किर्तेप्रसाद ओली’ भन्ने दिन आयो : गगन थापा

logo
प्रकाशित २०७७ माघ ३ शनिबार
Gagan-thapa1.jpg

ललितपुर । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शर्मा ओलीले संसद विघटन गरेर नेपाल र नेपाली जनतामाथि घोर अपराध गरेको आरोप लगाएका छन् । सरकारको असंवैधानिक कदम विरूद्ध नेपाली कांग्रेस महाँकाल कार्यपालिका, गोटिखेल ललितपुरले आयोजना गरेको सभालाई सम्बोधन गर्दै थापाले पाँच बर्षका लागि बनाएका प्रधानमन्त्रीले जनतालाई सडकमा जान बाध्य पारेको पनि बताए ।

नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली अभिभावक नभइ नेकपा भित्रको एक गुटको कुलपति बनेको आरोप लगाए । प्रधानमन्त्री ओलीले गरेको किर्ते काममा राष्ट्रपतिले हस्ताक्षर गरेकाले सम्मान गर्ने अवसर गुमाएको बताउँदै भने,‘हाम्रो बा-आमा भन्दा पहिले मठ मन्दिरमा राष्ट्रपतिलाई पुज्ने हामीलाई लज्जाबोध भएको छ ।’

‘यतिबेला हामीलाई खड्कप्रसाद ओली होइन किर्तेप्रसाद ओली भन्नुपर्ने अवस्था आयो’ थापाले भने, ‘यो सबै घट्नाको दोषी ओलीमात्र होइन प्रचण्ड-माधव-झलनाथ पनि उत्तिकै जिम्मेवार छन ।’

सर्वोच्च अदालत संविधानको धाराले जन्माएकाले अदालत प्रधानमन्त्रीबाट प्रभावित हुनु गम्भीर विषय भएकाले अदालतले विवेक पुयाएर जनतालाई न्याय गर्नुपर्ने धारणा थापाले राखे ।

‘चुनाव गर्ने पद्धती प्रधानमन्त्रीले मिचेकाले अब संविधानलाई ट्रयाकमा ल्याई संविधान सम्मत चुनाव गर्ने बाटोमा अघि बढौं’, उनले भने,‘कांग्रेस चुनावमा त अवश्य जान्छ तर संविधान अनुसार जान्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ