arrow

प्रधानमन्त्री ओलीले दिए चुनौती : न्यायाधीशहरुलाई भेटेको प्रमाण देखाउनुहोस

logo
प्रकाशित २०७७ माघ ३ शनिबार
kp_oli3.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन अवस्थामा आफूले कुनै न्यायाधीशलाई नभेटेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले चार न्यायाधीशलाई भेटेको भन्ने समाचारमाथि प्रष्टिकरण दिएका हुन ।

प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा निवेदकमध्येकी शशी श्रेष्ठले सर्वोच्च अदालतको संवैधानिक इजलासका चार न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको कुरा उठाएकी थिइन ।

सोही विषयलाई लिएर ओलीले न्यायाधीशहरुलाई भेटेको प्रमाण देखाउनसमेत चुनौती दिए । सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडी आफूले अधिवक्ता सपना मल्ल प्रधानलाई भेटेको जानकारी गराए ।

अर्को प्रशंगमा ओलीले केही मान्छेले निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको बताए ।

ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको बताए ।

संवैधानिक इजलासकै न्यायाधिशले प्रधानमन्त्रीलाई भेटेको भनेपछि सुनुवाइमै चर्काचर्की



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ