arrow

शैफ र करिनाको घरमा ताण्डव मच्चियो 

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
saif-karina.jpg

काठमाडौं । बलिउड अभिनेता सैफ अलि खान र करिना कपुरको घरमा ताण्डव मच्चिएको छ । सैफ अभिनित वेब सिरिज ताण्डवका कारण अहिले उनको घरमै ताण्डव मच्चिएको छ । 

भारतीय जनता पार्टी बिजेपीका विधायक राम कदमले सैफमाथि निशाना बनाउँदै उनी एक पटक यसको हिस्सा बनेको बताएका छन् । जसमा हिन्दू भावनामाथि चोट पुर्याइएको छ । यस विवादलाई मध्यनजर गर्दै शैफ र करिनाको घरमा सुरक्षाकर्मी तैनाथ राखिएको छ । 

करिना र शैफको घर फच्र्युन हाइट्स बाहिर प्रहरीको कडा सुरक्षा व्यवस्था गरिएको छ । शैफ भने आफ्नो अन्य प्रोजेक्टको शुटिङको शिलशिलामा मुम्बईभन्दा बाहिर छन् । 

शैफका अतिरिक्त उक्त ताण्डवको वेब सिरिजमा निर्देशक अली अब्बास जफर र अभिनेता जिशान अयुबमाथि पनि निशाना बनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ