arrow

दिल्ली र राजस्थानमा १० महिनापछि खुले विद्यालय, अभिभावकको लिखित स्वीकृति

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
corona-school-delhi.jpg

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा १० महिनादेखि बन्द रहेका विद्यालय सोमबारदेखि खुलेका छन् । विद्यार्थीहरु १० महिनापछि विद्यालय जान पाउँदा खुशी भएका छन् । 

उनीहरुले विजयको संकेतसमेत देखाएका छन् । विद्यालयमा सबै विद्यार्थीहरु मास्क लगाएरै पुगेका छन् । विद्यालय प्रवेश गर्दा दुई मिटरको दूरीलाई समेत ध्यान दिइएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । त्यसैगरी सेनिटाइजरको सुविधा पनि दिइएको छ । 

दिल्लीमा आगामी मे मा बोर्डको परीक्षा हुँदैछ । तसर्थमा कक्षा १० देखि १२ का विद्यार्थीका लागि स्कुल खोल्ने फैसला भएको हो । दिल्लीका शिक्षामन्त्री मनिष सिसोदियाले अधिकारीहरुसँग छलफल गरी विद्यालय खोल्नेबारेमा छलफल गरेका थिए । 

सोमबारदेखि राजस्थानमा पनि विद्यालय खोलिएका छन् । भारतमा कोरोना भाइरसको महामारी केही घटेपछि विद्यालयहरु खुल्न थालेका हुन् ।  विद्यालय खोल्नका लागि निकै कडाइ गरिएको छ । जस्तो कि विद्यार्थीहरुका अभिभावकको लिखित स्वीकृति जरुरी रहेको छ । 

विद्यालयमा कुनै शारीरिक गतिविधि हुने छैन । हरेक स्थानमा गाइडलाइन लेखिएको हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ