arrow

डोटी जेसिजको अध्यक्षमा ओझा

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
jesisi-doti.JPG

डोटी । डोटी जेसिजको अध्यक्षमा विजयराज ओझा सर्वसम्मत चयन भएका छन् । सोमबार डोटी जेसिजको आठौं जिल्ला अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनबाट जेसिजको कार्यकारी उपाध्यक्षमा गणेश बोहरा, हिक्मत साउदलाई चयन गरिएको छ । त्यस्तै उपाध्यक्षहरुमा भरत बम, कृष्ण धामी, अमर बहादुर खड्का र रोशन बहादुर कठायत चयन भएकाछन् ।  महासचिवमा गणेश कठायत, कोषाध्यक्षमा प्रवीण उपाध्याय चयन भएका छन् ।  कानूनी सल्लाहकारमा रोशन कठायतलाई चयन गरिएको छ । निवर्तमान अध्यक्ष निर्मला खत्री आइपिपीमा स्वतः चयन भएकी छिन् ।

२०२० का अध्यक्ष निर्मला खत्रीको सभापतित्वमा भएको कार्यक्रममा केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा डोटी जेसिजका पूर्व अध्यक्षहरु रघु कठायत, केशर कठायत, गणेश खड्का विशिष्ट अतिथि रहेका थिए ।  

कार्यक्रमममा बोल्दै प्रमुख अतिथि शाहीले सामाजिक र व्यावसायीक युवाहरुको जमात देखेर सामाजिक, व्यावसायीक र नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुग्नेमा विश्वास व्यक्त गरे । उनले गाउँपालिका तथा व्यक्तिगत रूपमा जेसिजको अभियानलाई साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

नव निर्वाचित अध्यक्ष ओझाले डोटी जेसिजले युवाहरुको नेतृत्व विकास, व्यवसायीक विकास लगाएत सामाजिक क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ