arrow

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
fire-final.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा सोमबार विद्युत् चुहावट हुँदा आगलागी भएको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार सोमबार दिउँसो २ बजे लागेको आगो करीब ३ बजे नियन्त्रणमा आएको थियो ।

विद्युत् चुहिएर अपार्टमेन्टको तेस्रो तलाबाट आगलागी भएको परिसरका प्रवक्ता प्रमेश बिष्टले जानकारी दिए ।

सो क्रममा प्रहरीले २३ जनालाई उद्धार गरेको र केही घाइते रहेको जनाइएको छ । घाइतेमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ ।

 काठमाडौँ, ललितपुर र भक्तपुरबाट आएका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाएका थिए । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ