arrow

जस्मिन ज्वैलर्समा चोरी

logo
सौरभ गिरी,
प्रकाशित २०७७ माघ ६ मंगलबार
jasmin-jwellers.jpg

नेपालगन्ज । नेपालगन्जको एक सुन पसलमा चोरी भएको छ। नेपालगन्जको  न्यूरोडमा रहेको जस्मिन ज्वैलर्समा सोमबार राति चोरी भएको हो । बागेश्वरी मन्दिर प्रवेश गर्ने पूर्वीद्वार अगाडि रहेको ज्वैलर्समा राति चोरी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । 

प्रहरीका अनुसार चोरले घरको पछाडिको झ्यालबाट माथि चढेर  सिँढीमाथि रहेको टिनलाई काटेर भित्र पसेर सटर फोडेको देखिएको  छ। चोरले सुन पसलमा चोरी गरेपछि पछाडिबाट नै डोरीको सहायताले तल ओर्लेको देखिएको प्रहरीले जानकारी दिएको छ। 

खुर्सिद अहमदले सञ्चालन गरेको सुन पसलमा चोरी भएको मंगलबार बिहान मात्रै पत्ता लागेको हो । बिहान पसल खोल्न आउँदा चोरी भएको थाहा  पाएपछि प्रहरीलाई खबर गरिएको थियो । 

प्रहरीको उपस्थितिमा कति र के–के चोरी भयो बुझ्ने काम भइरहेको छ । नेपालगञ्जमा केही समययता चोरीका घटनामा बढोत्तरी भएको पाइएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको बाँके प्रहरीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ