arrow

सिङगापुर उडेका मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुग्नुको रहस्य

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
Serdhan-Janbu.jpg

काठमाडौं । यही माघ ११ गते मिस मंगोल ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको विहे काठमाडौंमा हुनेभए पनि भोज विराटनगरमा गर्ने तयारी भइरहेको बुझिएको छ ।

शेरधन-ज्याङ्मुको विवाहको विषयले सामाजिक संजाल मजाले तातेपनि त्यसको प्रतिक्रिया उनीहरुले दिन चाहिरहेका छैनन् । यद्यपी, विवाहको धुमधाम तयारी भने गरिरहेका छन् ।

मुख्यमन्त्रीको सचिवालयले बिहेको कुरा सार्वजनिक गरेपछि सामाजिक सञ्जाल तात्नु अस्वभाविक मानिएको छैन । ४९ कटेका भोजपुर निवासी मुख्यमन्त्री राई र संखुवासभाकी २१ वर्षिया ज्याङमुको विहेलाई अनमेल विवाह भनेर चाहिं आलोचना भइरहेको छ ।

विवाह सामाजिक र सांस्कृतिक अधिकार भएपनि उनीहरु ‘पब्लिक फिगर’ भएकाले चासो र कौतुहलता भने ब्यापक छ । सम्बन्धमा कसरी जोडिए र प्रेममा बाँधिए भन्ने विषयलाई शुभेच्छुकहरुले चासोका साथ बुझ्ने कोसिस गरेका छन् ।

फेसनेबुल देखिने ज्याङ्मुसँग शेरधन जोडिनुले पनि चासो बढेको छ । मुख्यमन्त्री राईसंग ज्याङ्मु प्रेम विवाह हुन लागेकोले पनि सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिप्पणी भइरहेको हो ।

मिस मंगोल प्रतियोगिताका क्रममा चिनजान भएका शेरधन-ज्याङ्मुको सम्बन्धको एउटा तथ्य भने हालै बाहिरिएको छ । मुख्यमन्त्री भएर पहिलो पटक विदेश भ्रमणमा जाँदा शेरधनको प्रेम प्रसंगको चर्चा भएको थियो ।

सिङगापुर गएका मुख्यमन्त्री त्यहाँबाट नेपाल नफर्की अचानक अमेरिका पुगेको कुरा यतिबेला चर्चाको विषय बनेको छ । प्रेमीकालाई भेट्न मुख्यमन्त्री पूर्व निर्धारित कार्यक्रम नै नभएको अवस्थामा अमेरिका पुग्नुलाई सम्बन्ध उसबेला नै सुमधुर भएको बुझिएको छ ।

 ज्याङ्मुको आमा-बुवा अमेरिका रहेको कुरा सार्वजनिक भएकोले सम्भवत त्यस बेला ज्याङमु अमेरिकामा नै रहेकी र उनैलाई भेट्न मुख्यमन्त्री राई त्यता लागेको अनुमान गरिएको छ ।

२८ वर्ष कान्छी सुन्दरी ज्याङ्मु र मुख्यमन्त्री शेरधन राईबीच कसरी जोडियो सम्बन्ध ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ