- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हमला भएकाले संघर्षमा जानुपरेको बताएका छन् ।
आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई विहीबार सम्बोधन गर्दै आफ्नै पार्टीका नेताले संविधानको मर्म र भावनामाथि प्रहार गरेको घटना दुर्भाग्यपूर्ण भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले कम्युनिष्ट आन्दोलनलाई निस्तेज पार्ने तानाशाहहरुलाई विद्रोहको आँधीबेहरीका माध्यमबाट समाप्त पारिने दाबी गरे ।
माग ९ गते आयोजना हुन लागेको विशाल प्रदर्शनमा निम्ता दिंदै उनले भने,‘ त्यो दिनको संघर्ष आदीबासी जनजातीको मुद्दामा पनि केन्द्रित भएकाले सडकमा उत्रिनु आवश्यक छ ।’
‘प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मूल मर्ममाथि प्रहार गरेकाले संघर्षमा उत्रिनु हामी सबैको दायित्व भएको छ,’ उनले भने ।