arrow

सेयर बजारमा कसरी लगानी गर्ने, उद्यमसिल कांग्रेसको पाँच दिने वर्कशप

logo
हाम्रा कुरा
प्रकाशित २०७७ माघ ८ बिहिबार
share-investment.png

काठमाडौं । कोरोना भाइरसको माहामारीपछि पछिल्लो समय सेयरबजारमा युवाहरुको आर्कषण बढेको छ । तर, सेयरबजारबारे उचित जानकारी नुहँदा केही युवाहरुले समस्या  पनि भोगिरहेका छन् ।

यस्तोबेलामा उद्यमसिल कांग्रेसले ५ दिने अनलाइन वर्कशप आयोजना गरेको छ । सेयर बजारमा कसरी लगानी गर्ने ? लगानी गर्दा के के कुरामा ध्यानदिने नयाँ लगानीकर्ताहरुले कसरी सुरु गर्ने लगायतका सम्पूर्ण कुराहरु पाँच दिने वर्कशपमार्फत सिकाइनेछ ।

पाँचै दिन अनलाइनबाटै हुने यो वर्कशपको उद्घाटन नेपाली कांग्रेसका युवानेता गगन थापाले गर्ने छन् भने, वर्कशपमा सम्पूर्ण कुरा सिकाउने काम सेयर बजारका जानकार एवं विज्ञ बिक्रम चित्रकारले गर्नेछन् ।

उद्यमशील कांग्रेस का संयोजक अस्मीन सिटौलाका अनुसार यो वर्कशप निशूल्क हुनेछ । वर्कशपमा सहभागी हुनका लागि अनलाइन आवेदन खुला गरिएको थियो ।

सहभागीताका लागि आवेदन दिएका थुप्रैमध्येबाट छानिएका एक सयजना वर्कशपमा सहभागि हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ