arrow

साजिदद्धारा जियामाथि दूराचार 

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
sajid-jiya.jpg

काठमाडौं । बलिउडमा केही कलाकारमाथि यौन दूराचारीको आरोप लाग्दै आएको छ । त्यसमा निर्देशक साजिद खानमाथि पनि यो आरोप लागेको छ । सन् २०१८ मा बलिउडमा आवद्ध महिलाहरुले उनीमाथि यौन दूराचारीको आरोप लगाएका थिए । 

अहिले फेरि त्यो विषय उठेको छ । नायिका जिया खानकी बहिनी करिश्माले उनीमाथि उक्त आरोप लगाएकी हुन् । उनका अनुसार साजिदले जियामाथि पनि यौन दूराचार गरेको आरोप लगाएकी हुन् । पछिल्लो हप्ता बीबीसीमा आएको एक टेलिभिजन कार्यक्रम जिया खानमाथि आधारित रहेको थियो । यसलाई बेलायतमा मात्र रिलिज गरिएको थियो । यो वेबसिरिजको दोस्रो भागमा जिया कि बहिनी करिश्माले कुराकानीको दौरानमा साजिदमाथि आरोप लगाएकी थिइन् । 

उनको भनाई अनुसार रिहर्सलको समय थियो । जियाले स्क्रिप्ट पढिरहेकी थिइन् । त्यही बेलामा साजिदले जियासँग टप र ब्रा उतार्न भनेका थिए । जियालाई के गर्ने नगर्ने भन्ने केही सोच आएन । जियालाई लाग्यो कि फिल्मको सुटिङ पनि सुरु भएको छैन । यस्तो भइरहेको छ । उनी फर्केर रुन थालिन् । 

यो घटना हाउसफुल फिल्मको सुटिङका क्रममा भएको पनि बताइएको छ । करिश्माले भनेकी छिन्, ‘मलाई यादछ कि साजिद खानको घरमा जियासँग गएकी थिएँ । म १६ वर्षकी थिएँ होला । मैले स्ट्रेफी टपमात्र लगाएकी थिएँ । साजिदले मलाई घुरे र भने, ‘ओह यसलाई सेक्स चाहियो ।’

त्यो समय जिया आफ्नी बहिनीको बचाउमा आइन् र भनिन्, ‘हैन यस्तो बिल्कुल हैन । तिमी यो कसका बारेमा कुरा गरिरहेका छौ ।’ यसपछि साजिदले भने कि, ‘हेर त ऊ कसरी बसिरहेकी छे ।’ करिस्माले सुनाइन्, ‘तब जियाले भनिन् हैन ऊ बच्ची छ । ऊ अन्जान छ । उसलाई थाहा नै छैन कि उसलाई के चाहिएको छ । त्यसको केही क्षणमै हामी त्यहाँबाट घर आयौं ।’

साजिद खानमाथि कयौं चलचित्रकर्मीहरुले यौन शोषणको आरोप लगाएका छन् । एक पत्रकारले पनि उनीमाथि आरोप लगाएकी थिइन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ