arrow

पिछडावर्ग ओबीसीको महाधिवेशनको तयारी पुरा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ माघ ९ शुक्रबार
mahadevisan.JPG

जनकपुरधाम ।  यही माघ १० देखि १२ गतेसम्म जनकपुरधाममा हुने पिछडावर्ग ओबीसी महासभाको राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा  भइसकेको छ । महाधिवेशनले पहिचान, अधिकार र सम्मानको लागि नागरिकता लगायतका एजेण्डा तय गर्ने जानकारी दिँदै राष्ट्रिय अध्यक्ष रामकुमार महतोले पिछडावर्गले उठाउँदै आएको मागहरुलाई महाधिवेशनबाट थप उर्जा पुग्ने बताए।

अध्यक्ष महतोले जनकपुरधामस्थित पिछडावर्गको केन्द्रीय कार्यालयमा महाधिवेशन तयारी सम्बनधमा जानकारी दिँदै जनकपुरधाम उघोग बाणिज्य संघमा माघ १० गते खुला सभा (उदघाटन), ११ गते निर्वाचनका कार्यक्रम र १२ गते सामेबार महाधिवेशन समापन घोषणा तथा पत्रकार सम्मेलनको कार्यक्रम रहेको जानकारी गराए ।

महाधिवेशनले हिजोको कामको समिक्षा गर्दै पिछडावर्ग अन्तर्गत पर्ने ३४ वटा जातिको भाषा, संस्कृति, संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन तथा आरक्षणसहित सबै किसिमको विकासको एजेण्डा तय गर्ने छ । महाधिवेशनमा पूर्वमेचीदेखि मधेशको २१ जिल्लाबाट २ सय ५५ जना महाधिवेशन प्रतिनिधि सहभागि हुनेछ र पर्येवक्षक आमान्त्रित गरि लगभग ५ सय जनाको उपस्थिति रहने अध्यक्ष महतोले जानकारी दिए।

महाधिवेशन प्रतिनिधिहरुका लागि बासस्थान तथा खानपानलगायत सम्पूर्ण बन्दोबस्त भइसकेको अध्यक्ष महतोले बताए । महतोले महाधिवेशनमा अथितिको रुपमा निम्त्याउन छुटेका र पिछडावर्गमा पर्ने जातजातिलाई कार्यक्रममा उपस्थिति भइदिन आग्रह गरेका हुन् ।



नयाँ