arrow

बागलुङमा जीप दुर्घटना, पाँच जना घाइते

logo
प्रकाशित २०७७ माघ ११ आइतबार
accident-2.jpg

पोखरा । बागलुङमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । आइतबार बिहान १० बजे बाग्लुङ नगरपालिका वडा नं. ५ स्थित मालिकामा जीप दुर्घटना भएको हो ।

म्याग्दीको बेनी बजारबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१ज ६७४४ न.को जीप दुर्घटनामा परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । जीप सडकबाट करिब १० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार थिङले बताए ।

दुर्घटनामा बेनी नगरपालिका वडा नं. २ गौस्वराकी वर्ष ३० की टिकाकुमारी रिजाल, ५५ की गंगा रिजाल, वर्ष ४० की कमला कुमारी रिजाल, वर्ष १६ की कुशुम रिजाल, बर्ष ४४ की भवानी खत्री खड्का रहेका छन् ।
उनीहरुको धवलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ