arrow

अजङ्ग भीरमा मोटर सरर...

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
agingar-bhir.jpg

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम हुँदै दरमिजा–चिमखोला–कुइनेमङ्गले जोड्ने अजिङ्गर भीरमा निर्माण भएको सडकमा गुडेको गाडी  । गाउँपालिका र चिमखोलामा जलविद्युत निर्माण गर्न लागेको तुदी पावर कम्पनीको साझेदारीमा अक्करे भीरमा सडक निर्माण गरिएको हो ।

निकै कठिन र जोखिमयुक्त रहेको भिरमा यतिखेर सडक निर्माणको काम भइरहेको छ । यो गाउँपालिका केन्द्र हुँदै सदरमुकाम बेनी जोड्ने छोटो दूरीको सडक हो । ट्याक खुलेपछि रघुगंगा–४ दर्मीजा, ७ चिमखोला र ८ कुइनेमंगले सिधा सडक सञ्जालमा जोडिएका छन ।

गत आर्थिक वर्षमा प्रदेश सरकार र संघीय सरकारले पनि दग्नाम–दर्मीजा–चिमखोला सडक आयोजनालाई सडक बिनियोजन गरेका थिए । अजिङ्गर भीर फुटाउन बजेट अभावका कारण समयमै सडक पुर्‍याउन सकिएको थिएन।

वि.स २०६७ मा निर्माण भएको भगवति, बेग– चिमखोला हुदै घ्यासीखर्क जोड्ने ५६ किलोमटिर दुरिका सडक घुमाउरो, प्राबिधिक हिसाबले अनुपयुक्त, जोखिमयुक्त र लामो दुरीको भएकाले विकल्पमा नयाँ सडक निर्माण भएको हो ।   पुरानो सडकमा गाडी चढ्दा पुरै दिन लाग्ने तर हिडेर पाँच-छ घण्टामै बेनी आउन सकिने अवस्था थियो ।  अजिङ्गर भिरमा ट्रयाक खुलेसँगै दुर्गम भेगका सर्वसाधारणहरु लाभान्वित हुने विश्वास गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ