arrow

अपांगता भएकाहरुलाई घरघरमै पुगेर दियो निजगढ नगरपालिकाले न्यानो सामग्री

logo
नवराज चौलागाईं,
प्रकाशित २०७७ माघ १२ सोमबार
nijgadh-nagarpalika-help.jpg

बारा। निजगढ नगरपालिकाले नगर भित्रका अति अशक्त र अपांग नागरिकहरुलाई जाडोबाट बच्न ब्ल्याङकेट र थर्मश वितरण गरेको छ।निजगढका मेयर सुरेश कुमार खनालको नेतृत्वमा सोमबारदेखि नगरका अति अशक्त र अपांग नागरिकहरुको घर घरमै पुगेर ति सामाग्रीहरु वितरण गरिएको निजगढ नगरपालिकाको महिला, वालवालिका तथा समाजकल्याण शाखा प्रमुख रोजी श्रेष्ठले जानकारी दिइन्।

अशक्त तथा अपांग नागरिकहरुलाई जाडोबाट सुरक्षित राख्ने उद्धेश्य स्वरूप नगरपालिकाले ब्ल्याङकेट र थर्मश वितरण गरेको मेयर सुरेश कुमार खनालले बताए। मेयर खनालले यसअघि नगरका जेष्ठ नागरिकहरुलाई पनि उक्त सामग्रीहरु वितरण गरेको जानकारी दिदै अति अशक्त र अपांग भएका नागरिकहरुको सहजताको लागि घरघरमै पुगेर वितरण गरिएको बताए। नगरपालिकाले नगर भित्रका १९८ जना पूर्ण अपांग र अशक्त भएकाहरुलाई सो सामग्रीहरु वितरण गर्ने निजगढ नगरपालिकाको महिला, वालवालिका तथा समाजकल्याण शाखाकी प्रमुख रोजी श्रेष्ठले जानकारी दिइन्।

नगरपालिकाले वडा नम्बर १ भरतगंज सिंगौलबाट सो सामाग्री वितरण शुरु गरेको हो । सामग्री ग्रहण गर्दै लाभान्वितहरुले नगरपालिकाले घरघरमै आएर सेवा दिएको भन्दै खुशी व्यक्त गरेका थिए । अपांग तथा अशक्तहरुलाई थर्मस र ब्ल्याङकेट वितरण गर्न मेयर खनाल सहित उपप्रमुख लिलादेवी लामिछाने खनाल, प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्की, वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चन, निजगढ नगरपालिकाका सुचना अधिकृत रविन घिमिरे लगायत स्थानीय जनप्रतिनिधिहरु घरघरमा पुगेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ