arrow

गाउँले भेषमा नायिका सुरक्षा पन्तको नयाँ रुप

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
surachapanta.jpg

काठमाडौं । गायिका रचना रिमाल र प्रबिन बेडवालको स्वरमा रहेको नयाँ गीत ‘तिमी कस्की छोरी’को भिडियो सार्वजनिक गरिएको छ ।

शुक्रबार सार्वजनिक गरिएको गीतका शब्द लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माका हुन् । जसमा संगीत पनि शर्माले नै भरेका छन् ।

जसमा पछिल्लो समयकी चर्चित नायिका सुरक्षा पन्तको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा सुरक्षाका प्रेमीको रुपमा ह्याण्डसम शम्भु घिमिरेको अभिनय रहेको छ ।

पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको तनहुँको बन्दीपुरको रामकोटगाउँमा छायांकन गरिएको दृश्यमा सुन्दरी सुरक्षा गाउँले युवतीको अवतारमा देखा परेकी छिन् ।

आरोन अशोककुमारको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक लक्ष्मण सुनारकै रहेको छ । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको मिक्स मास्टरिगं साजन शाहले गरेका हुन् ।

सार्वजनिक गीतको भिडियो मोडल शम्भुकै आफ्नै च्यानल युनिआयन मिडिया युट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ