arrow

दक्षिण चीन सागरमा तनाव, चीनले सैन्य अभ्यास गर्दै

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
south-china-sea1.jpg

काठमाडौं । चीनले यो हप्ता दक्षिण चीन सागरमा सैन्य अभ्यास गर्ने जानकारी सार्वजनिक गरेको छ ।आईतबार विवादित जल मार्गबाट विमान वाहक अमेरिकी पानी जहाज चलेपछि चीनले मंगलबार सैन्य अभ्यास गर्ने जानकारी गराएको हो ।

चीनको समुन्द्री सुरक्षा प्रशासनले सुचना जारी गर्दै टोन्किनको खाडीदेखि लेइझो प्रायद्धीपको पश्चिमसम्म प्रवेश निषेध गरेको छ । जनवरी २७ अर्थात भोलिदेखि जनवरी ३० सम्म प्रवेश निषेध गरिएको उक्त सुचना थप जानकारी भने उल्लेख गरिएको छैन ।

जो बाइडेन प्रशासनमा पहिलो पटक शनिबार युएसएस थिओडोर रुजवेल्ट नेतृत्वको पानीजहाज समुह समुन्द्री स्वतन्त्रताका लागि दक्षिण चीन सागरहुँदै यात्रा गरेको थियो ।

चीनले पूरै दक्षिण चीन सागरमा आफ्नो दाबी गर्दै आएको छ । तर, समुन्द्र सबैको र स्वतन्त्र हुनुपर्ने अन्य मूलुकहरुको भनाइ छ ।
सोमबार चीनले दक्षिण चीन सागरमा अमेरिकी विमान वाहक पानी जहाज पुग्नुले स्थितरता भंग गर्ने टिप्प्णी गरेको छ ।चीन समेत सहमत रहेको संयुक्त राष्ट्र संघको समुन्द्री कानुनले कुनै पनि देशकोभुमीबाट २०० माइल (३७० किलोमिटर)सम्मको जलियक्षेत्रमा उस्को अधिकार हुने उल्लेख छ ।

तर, चीनले यो कानुनलाई उल्लंघन गर्दै दक्षिण चीन सागरमा आफ्नो दाबी र ताइवानलाई आफ्नो प्रँन्त बनाउँन खोज्दै आएको छ ।

दक्षिण चीन सागरमा चीनले थुप्रै सैन्य केन्द्र स्थापना, एवं मिसाइल प्रक्षेपण गर्न सकिने केन्द्रहरु बनाएको छ भने, पानीमै कृत्रिम टापु समेत बनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ