arrow

खप्तड ‘हेली टुर’ शुरु ,मुख्यमन्त्रीसहित ३५ जनाले गरे अबलोकन

मुख्यमन्त्री टोली लिएर पुगे खप्तड

logo
प्रकाश बम,
प्रकाशित २०७७ माघ १४ बुधबार
khaptad-visit.jpg

डोटी । भूस्वर्गका रुपमा चिनिएको खप्तड घुम्नका लागि ‘हेली टुर’ शुरु भएको छ । खप्तडको प्रवेशद्वार झिग्रानामा रहेको ‘खप्तड होमस्टे’ को आयोजनामा ‘हेली टुर’ शुरु भएको हो ।

बुधबार पहिलो दिन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टसहित झण्डै ३५ जना खप्तडमा पुगेका छन् । खप्तड होमस्टेका सञ्चालक दीपक बहादुर खड्काले हिउँदे यामको दृश्य कैद गर्न इच्छुकहरूका लागि ‘हेली टुर’ शुरु गरिएको जानकारी दिए ।

खड्काले हेलिकोप्टरमार्फत खप्तड घुम्नका लागि पाँच किसिमका प्याकेज रहेको बताए । धनगढी, दिपायल, झिग्राना, बझाङ र अछामबाट खप्तड घुम्नका लागि छुट्टाछुट्टै प्याकेज ल्याइएको छ । ‘हेली टुर प्याकेज’१८ गतेसम्म रहनेछ । ‘प्याकेजमा दुईतर्फी हेली टिकट हुन्छ’, खड्काले भने, ‘पर्यटकलाई खप्तडमा घुम्न र फोटो खिच्न कम्तीमा आधा घण्टाको समय दिइनेछ ।’ पाँच दिनमा ३ सय पर्यटकलाई खप्तड पुर्‍याउने योजना रहेको उनले उल्लेख गरे ।
                     
 'हेली टुर'मा खप्तड घुम्न कति लाग्छ खर्च ?
खप्तड होमस्टेका सञ्चालक खड्काका अनुसार खप्तड घुम्नका लागि होमस्टेले दिपायल-खप्तड-दिपायल प्रतिव्यक्ति १० हजार, झिग्राना-खप्तड-झिग्राना प्रतिव्यक्ति ८ हजार र सञ्चारकर्मीका लागि प्रतिव्यक्ति ७ हजार, धनगढी-खप्तड-धनगढी प्रतिव्यक्ति ३० हजार खर्च लाग्ने बताइएको छ।

यस्तै धनगढी-दिपायल हवाई जहाज र दिपायल-खप्तड हेलिकप्टर भ्रमणका लागि २१ हजार ५ सय, धनगढी-दिपायल स्थलमार्ग र दिपायल खप्तड हेलिकप्टर भ्रमणका लागि १५ हजार , साफे खप्तड र बझाङको चैनपुर देखि खप्तड हेलि टुर १२ हजार रुपैयाँ प्रतिव्यक्ति खर्च लाग्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ