arrow

सेमिफाइनलमा बागमती र आर्मी भिड्दै, पुलिसलाई हराउँदै सशस्त्र फाइनलमा

logo
प्रकाशित २०७७ माघ १५ बिहिबार
pm-cup-cricket-apf.jpg

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको भिडन्त हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । 

बागमती समूह बी को विजेता हो भने आर्मी समूह ए को उपविजेता हो । यो खेलको विजेताले फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग खेल्नेछ । बुधबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । 

खेलमा एपीएफले पुलिसलाई ३० रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौ विकेट गुमाएर २०३ रन बनाएको थियो । एपीएफले दिएको २०४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १७३ रन मात्र बनायो । 

एपीएफका लागि शङ्कर रानाले ४४, भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवास खकुरेलले १९, कमलसिंह ऐरीले १९, कप्तान शरद भेषवाकरले १८ तथा अविनास बोहराले ११ रन बनाए । बलिङतर्फ पुलिसका आरिफ शेखले तीन तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए ।

पुलिस क्लबका लागि ब्याटिङ गर्ने क्रममा पवन सर्राफले सर्वाधिक ४० रन बनाए । यस्तै राशिद खानले ३४, ऐरीले ३३, अनिल साहले २१, आरिफ शेखले १६ तथा सागर ढकालले ११ रन बनाए ।

बलिङतर्फ एपीएफ क्लबका भुवन कार्कीले चार तथा कमलसिंह ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले दुई दुई विकेट लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ