arrow

पुनःनिर्माण सम्पन्न भएपछि बिपी राजमार्ग हस्तान्तरण

logo
प्रकाशित २०७७ माघ १५ बिहिबार
bp-highway.jpeg

काठमाडौँ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले बिपी राजमार्गअन्तर्गत पाँच खण्डको पुनःनिर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरेको छ । जाइकाको आर्थिक सहयोगमा निर्माण भएको राजमार्गमा विभिन्न खण्डमा भूकम्पले क्षति पुर्‍याएकाले जाइकाले पुनःनिर्माण गरेको थियो ।

जाइकाले भर्चुअल कार्यक्रममार्फत बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उक्त सडक  हस्तान्तरण गरेको हो । भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए । नेपालको ऊर्जा, यातायात, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना र कृषि क्षेत्रमा जापान सरकारको योगदान अतुलनीय रहेको उनले बताए ।

उनले नेपालको विकासमा जापानको सहयोगको प्रशंसा गरे । उनले भने, “नेपालको विकास र समृद्धिको चाहाना पूरा गर्न यहाँको दूतावासले पनि समन्वय गरिरहेको छ ।” नेपालका लागि जापानी राजदूत मासामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ निरन्तर रहने बताए ।

राजधानीलाई पूर्वी तराईसँग जोड्ने १६० किलोमिटर लम्बाइको बिपी राजमार्ग जाइकाले सन् १९९६ मा निर्माण शुरु गरेको थियो । सन् २०१५ मार्चमा सम्पन्न गरी सडक नेपाललाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरेको दुई महिना नबित्दै विसं २०७२ मा गएको भूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो । भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो ।

बिपी राजमार्गको पुनःनिर्माण सन् २०१९ जुलाई ३ मा जापानिज निर्माण कम्पनीले शुरु गरेको थियो । करीब १८ महिनामा निर्माण सम्पन्न भएको थियो । पुनःनिर्माणमा गिटी, बालुवाबाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ