arrow

ततायो साराको विन्टर फेशनले 

logo
प्रकाशित २०७७ माघ १७ शनिबार
sara-ali-khan.JPG

काठमाडौं । बलिउडकी चुलबुले अभिनेत्री सारा अली खानको विन्टर फेशनले मौसम केही तताएको छ । उनी हालै माल्दिभ्समा बिदा मनाएर फर्केकी छिन् । सामाजिक संजालमा उनको बिदाका तस्वीरहरुले खुवै चर्चा बटुलेका छन् । 

उनका नयाँ तस्वीरमा भने विन्टरको झलक दिन्छ । उनी यो नयाँ लुक्समा निकै नै सुन्दरी देखिएकी छिन् । उनी आफैले फोटो सेयर गर्दै लेखेकी छिन्, ‘स्वेटर डेज एन्ड विन्टर डेज, सस्र्यूँको साग र गोल्डेन रेज’ ।

उनका फ्यानले उनका तस्वीरमा प्रशंसाका शब्द फूलहरु फ्याँकेका छन् । एक जना फ्यानको लेखाइ यस्तो छ, ‘मर्छु कि क्याहो !’

पछिल्लो समय सारा वरुण धवनको चलचित्र कुली नम्बर एकमा देखिएकी थिइन् । उनी आनन्द एल रायको फिल्म ‘अतरंगी रे’ मा काम गरिरहेकी छिन् । उनीसँगै अक्षय कुमार र धनुष पनि रहेका छन् ।   

बलिउडमा ड्रग्स काण्ड मच्चिएपछि सारा पनि त्यसमै मुछिएपछि केही फिल्म निर्माताले हात झिकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ