arrow

सचिव पदमा तीन जनाको सिफारिश

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ १८ आइतबार
general-ministry1.jpg

काठमाडौं। बढुवा समितिले तेश्रो पटक सुमन अर्याललाई सचिव पदमा बढुवाकोलागि सिफारिश गरेको छ। यसअघि, समितिले अर्याललाई एक पटक पहिलो नम्बरमा र अर्को एक पटक दोश्रो नम्बरमा  सिफारिश गरे पनि सरकारले उनलाई बढुवा गरेको थिएन।

दोश्रो पटककको सिफारिशमा सरकारले अर्याललाई बढुवा नगरी शंकर पोखरेल निकट दाङका भरतमणि सुबेदीलाई सचिवमा बढुवा गरेको थियो। सुबेदीलाई सरकारले पोखरेल मुख्यमन्त्री रहेको लुम्बिनी प्रदेशमै पदस्थापना गरेको छ। सुबेदीको हकमा सरकारले एकै पटक बढुवा र पदस्थापना गर्ने निर्णय गरेको थियो। 

करिब ६ महिना अघि बढुवा समितिले अर्याललाई पहिलो पटक सचिव पदमा बढुवा गरेको थियो। त्यसबेला उनी बढुवामा परेनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यसपटक  बढुवा समितिले अर्याललाई पहिलो नम्बरमा, दोश्रो स्थानमा मुकुन्द  पौडेल र तेश्रो स्थानमा दामोदर रेग्मीको नाम सिफारिश गरेको छ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षातमा बसेको समितिको बैठकले एक जना सचिव पदकोलागि ३ जना वरिष्ठ सहसचिवको नाम सिफारिश गरेको हो। समितिमा मुख्य सचिव तथा सामानय प्रशासन मन्त्रालयका सविच पदेन सदस्य हुने व्यवस्था कानुनमा छ। बढुवा समितिले एक जना सचिव सिटकोलागि ३ जनाको नाम सिफारिश गर्ने गर्छ। ३ जना मध्ये एक जनाको नाम छान्ने अधिकार मन्त्रिपरिषद्लाई हुन्छ।

यसरी नाम छान्दा मन्त्रिपरिषदले कहिलेकाँही पहिलो नम्बरको व्यक्तिलाई नछानी दोश्रो या तेश्रो नम्बरका व्यक्तिलाइ छान्ने गर्छ। यसबाट पहिलो नम्बरको व्यक्ति अन्यायमा पर्ने गर्छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ