arrow

बरहथवा नगरपालिकाको कार्यालय अगाडी विद्यार्थीको धर्ना

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
sarlahi-barthwa.jpg

सर्लाही । सर्लाहीको बरहथवामा रहेको चक्र जनता सहिद गंगा माध्यमिक विद्यालयका विद्यार्थी धर्नामा बसेका छन् । आफ्नो समस्या राख्न शुक्रवार नगरपालिका पुगेका विद्यार्थीहरुमाथी प्रहरीले दमन गरेको भन्दै आईतवार बिहानैदेखि नगरपालिकामा विद्यार्थीको समुहले धर्ना दिएको हो । नगरपालिकामा धर्ना दिन गएका विद्यार्थीको समुहले केही बेर नगरपालिका र  प्रहरी दमन बिरुद्ध नाराबाजी समेत गरेका थिए ।

विद्यार्थीहरुले विद्यालयमा नियमित पठनपाठन नभएको, अतिरिक्त क्रियाकलाप अन्तर्गत भ्रमण खर्च नदिएको र विद्यालयमा भौतिक संरचना व्यवस्थित नहुँदा पठन पाठनमा समस्या भएको भन्दै विद्यालय प्रशासन र नगरपालिकामा समेत ज्ञापनपत्र बुझाएका थिए । पटक पटक ज्ञापनपत्र बुझाउँदा पनि ब्यवास्था गरेको विद्यार्थीहरुको भनाइ छ । आफूहरुले राखेको माग सम्बोधन गर्नु भन्दा पनि उल्टै बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, प्रमुख प्रसाशकिय अधिकृत खीम बहादुर भुजेल र विद्यालयका प्रधानाध्यापक रामबहादुर राय यादवको निर्देशनमा प्रहरीले विद्यार्थी माथी बर्वर दमन गरेको उनीहरुको आरोप छ ।

प्रधानाध्यापकको दादागिरी बन्द गर, भ्रष्टचारीलाई कार्वाही गर, नियमित पठन पाठन सुचारु गर, समयमै पुस्तक वितरण गर लगाएतको नारा लेखेको प्लेकार्ड सहित धर्नामा बसेका हुन् । बिद्यालयका प्रधानाध्यापक, नगरका मेयर लगाएको दादागिरिको कारण धर्नमा बस्नुपरेको ११ कक्षामा अध्यनरत विद्यार्थी ललिता शर्माको भनाई छ । यस पहिला पनि समस्या राख्दा प्रधानाध्यापक रायले मान्छे बोलाएर कुटाउने भन्दै धम्की दिएको विद्यार्थीहरुको आरोप छ ।

शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यालयले पुस्तक उपलब्ध नगराएको, विद्यालयमा नियमित पठनपाठन समेत नभएको भन्दै विद्यार्थीहरुले गत शुक्रवार बरहथवा नगरपालिका कार्यालय र बिद्यालयमा तोडफोड गरेका थिए । विद्यार्थीहरुले नगरपालिकाको दराज, गमला, होर्डिङ बोर्ड, झ्यालको सिसामा क्षति पुगेको थियो । विद्यार्थीले गरेको ढुंगामुडाबाट नगरपालिकाका प्रशासन शाखा प्रमुख कमलप्रसाद पौडेलको बा २० च ९३३७ नम्बरको कारको सिसा फुटेको थियो ।

विद्यालयका प्रधानाध्यापक रामबहादुर राय यादवले विद्यार्थीको नाममा घुसपैठ भएको आरोप लगाएका छन । विद्यार्थीको माग सम्बोधन गर्ने तयारी भईरहदा केही व्यक्तिले आफ्नो स्वार्थ पूरा गर्न विद्यार्थी परिचालन गरेका उनको आरोप छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले विद्यार्थीमाथि दमन नगरिएको बताए । विद्यार्थीको भिड उतेजित भएकोले सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको दावी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ