arrow

म्यानमारमा ‘सैन्य कू’

सुकीसहितका नेताहरु पक्राउ

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
myanmar-army.jpg

काठमाडौं । म्यानमारमा सैन्य कू भएको छ । सेनाले सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ आङ सान सुकीलाई पक्राउ गरेर सैन्य कू गरेको बीबीसीले लेखेको छ । 

म्यानमारमा हालै सम्पन्न निर्वाचनका विषयमा सेना र सरकारबीच तनाव बढेसँगै सेनाले कू गर्ने सम्भावना बढ्दै आएको थियो । 

अन्य नेताहरुसमेत पनि पक्राउ परेका छन् । 

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा सुकीको एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेसँगै सेनाले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियो ।

सन् २०११ सम्म सक्रिय सैनिक शासन रहेको म्यानमारमा पछि सुकीले आंशिक प्रजातन्त्र स्वीकार्दै निर्वाचनमा भाग लिएकी थिइन् । 

सुकीलाई सेनाले वर्षौंसम्म नजरबन्दमा राखेकामा विश्वभरबाट उनको संघर्षको पक्षमा आवाज उठेको थियो । गत नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा सुकीको पार्टीले ८३ प्रतिशत सिट जितेको थियो ।

सैनिक कू गरेसँगै एक वर्षका लागि संकटकालसमेत लगाइएको छ । अमेरकाले भने यदि सुकीलाई रिहा नगरे कारबाही गर्ने चेतावनी दिएको छ । 

 



नयाँ