arrow

बुढाथोकीलाई आइलिग खेल्ने अवसर

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
football-new.jpg

धरान । नेपालका लोकप्रिय राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकीले एसियाकै प्रतिष्ठित मानिने भारतको आइलिग खेल्ने अवसर पाएका छन् ।  

भारतको मणिपुरस्थित नेरोका एफसीमा अनुबन्धित भएपछि उनले उक्त अवसर पाएका हुन्। आइलिग भारतको ‘ए’ डिभिजन क्लबहरु खेल्ने राष्ट्रिय लिग हो । धरान उपमहानगरपालिका–२० पटनाली निवासी बुढाथोकीलाई यहाँको पुरानो फुटबल क्लब धरान फुटबल क्लबले आज बिदाइ गरेको छ । एन्फा १ नं प्रदेश अध्यक्ष तथा क्लबका अध्यक्ष किशोर राईले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।  क्लबले उनलाई रु आठ हजार नगद पनि प्रदान गरेको थियो ।

धरान फुटबल क्लबबाट आफ्नो फुटबल यात्रा शुरु गरेका बुढाथोकीले नेपालको राष्ट्रिय टोलीबाट खेल्दै आएका थिए । आफ्नो प्रोफाइल हेरेर क्लबले अनुबन्धन गर्दा  खुशी लागेको उनले बताए । “उत्कृष्ट प्रदर्शन गर्न हरसम्भव प्रयास गर्नेछु, यो अवसरलाई चुक्न दिने छैन, नेपाली खेलाडीको सान बनाउने मेरो लक्ष्य छ”, उनले भने ।

उनी आइलिगमा खेल्ने अवसर पाउने दोस्रो नेपाली खेलाडी हुन् । दुई वर्षअघि किरण चेम्जोङले आइलिग खेल्ने अवसर पाएका थिए । सत्ताइस वर्षीय बुढाथोकी शहीद स्मारक ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको तीन पटकका विजेता टोलीबाट खेलिरहेका थिए । त्यस्तै भूटानको ‘ए’ डिभिजनमा पारो एफसीबाट सन् २०१८ को याममा उपविजेता हँुदा सहभागी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ