arrow

संसद् विघटनविरुद्ध काँग्रेसको प्रष्ट धारणा छ : प्रदीप पौडेल

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
pradip-poudel9.jpg

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संसद् विघटनका विरुद्ध आन्दोलनमा जाने कुरामा काँग्रेस प्रष्ट भएको बताएका छन् । संसद् विघटनविरुद्ध काँग्रेसका विभिन्न भातृ सङ्गठनले गरेको विरोध सभालाई मोरङमा सम्बोधन गर्दै नेता पौडेलले त्यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेको भोलिपल्टै काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाई आन्दोलनमा जाने निर्णय गरेको उनले बताए । केही व्यक्तिहरूले काँग्रेसभित्र आन्दोलनमा जाने कुरामा अलमल रहेको बताएपनि त्यस्तो नभएको उनले प्रस्ट्याएका हुन ।

काँग्रेसले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको काँग्रेस आन्दोलनको लागि मैदानमा आइसकेको उनले बताए ।

त्यस्तै संसद् विघटनले नेपाली राजनीतिमा गम्भीर मोड आएको बताउँदै लोकतन्त्र र संविधान समेत रहने कि नरहने भन्ने कुरामा आशङ्का रहेको  उनले भनेका छन् ।

नेपालको राजनीति एउटा गम्भीर मोडमा पुगेको छ । लोकतन्त्र रहन्छ कि रहँदैन । यो संविधान रहन्छ कि रहँदैन । बर्माको जस्तै फेरि अर्को घटना हुन्छ कि । विभिन्न तानाबानाहरू बुनिन्छ कि भनेर मान्छेहरूले अनुमान गरिरहेको स्थिति छ  उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ