arrow

नेपालको कतार भ्रमण स्थगित

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
nepali-cricket2.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कतार भ्रमण स्थगित भएको छ । कतारमा कोरोना भाइरसको महामारी बढेसँगै कतारमा हुने भनिएको नेपाल–कतारबीचको टी–२० क्रिकेट श्रृंखला स्थगित भएको हो । 

फेब्रुअरी ९ देखि १२ सम्म हुने बाइल्याट्रल टी–२० श्रृंखला स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । 

नेपालले कतारसँग कतार स्पोर्ट्स डेको अवसरमा कतार क्रिकेट एसोसिएसनको निमन्त्रणामा सिरिज खेल्ने कार्यक्रम तय भएको थियो । तर कतार सरकारको निर्णय बमोजिम कोभिड–१९ प्रोटोकललाई ध्यानमा राख्दै क्रिकेटसहितका सबै प्रतियोगिताहरु स्थगित भएको जानकारी कतार एसोसिएसनले दिएको क्यानले जनाएको छ । 

यदि नेपाल यो प्रतियोगितामा खेल्न जान पाएको भए सोमबारदेखि नै बन्द प्रशिक्षणमा रहनु पर्ने थियो । यो प्रतियोगिता स्थगित भएपछि क्यानले बन्द प्रशिक्षण पनि अर्को सूचना नआएसम्मका लागि स्थगित भएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ