arrow

मिचाहा प्रवृत्ति

संवैधानिक निकायमा सिफारिस गरिएकालाई शपथ

प्रधानन्यायाधीशले खुवाए शपथ

logo
प्रकाशित २०७७ माघ २१ बुधबार
constitution-body-oath-ciaa-sitalniwash.jpg

काठमाडौं । गत मंसिर ३० गते संवैधानिक परिषद्ले सिफारिस गरेका विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई बुधबार बिहान शपथ गराइएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरुको शपथ ग्रहण गराइएको हो ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई शपथ गराएका हुन् ।

जबराले विभिन्न पाँच आयोगमा सिफारिस भएकाहरुलाई शपथ गराएका थिए । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाए ।

विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरुले शपथ ग्रहण गरेका हुन् । 

यो पनि पढौं–

संवैधानिक आयोगहरुको विवादास्पद नियुक्ति 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ