arrow

शुभबेला दुईपटक भएको यस्तो हुनेछ बिहीबारको दिन 

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ माघ २२ बिहिबार
rashifal-horoscope-1.jpg

आजको पञ्चांग
आज मिति २०७७ माघ २२ गते बुधबार, इस्वीसंवत फेब्रुअरी ४ तारिख सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज माघकृष्णपक्षको सप्तमी तिथि रहनेछ । आज स्वाति नक्षत्र, विष्कुम्भादि योगमा गण्ड, करणमा बालब, आनन्दादि योगमा स्थिर रहनेछ ।

सूर्य मकर राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान २७ घटि १७ पला अर्थात १० घण्टा ५८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ५१ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ४६ मिनेटमा हुनेछ । आज विश्व क्यान्सर दिवस परेको छ ।

आजको राशिफल
मेषः
मेष राशि भएकाहरूका आज पनि समय खराव रहनेछ । बिहानको समय झन्झट आइलाग्ने र बिना सित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ, खराब निर्णय हुन सक्छ, मध्यान्हपछिको समय भने केही सुधारित रहनेछ,आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ । 

वृषः वृष राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो रहनेछ । फलदायी समय रहनेछ, साथी भाइ इष्ट मित्र सबैको मन जित्न सकिनेछ, तपाइँको अनुयायीहरु बढ्नेछन् भने नयाँ कामको प्राप्ति पनि हुन सक्ने देखिन्छ, आर्थिक कारोबार सन्तोषजनक रहनेछ । 

मिथुनः मिथुन राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । रोकिएका ब्यवसायिक कारोबारमा सुधार आउनेछ, प्रेम सम्बन्ध अझै प्रगाढ हुनुको साथै मन आनन्दित रहनेछ, नयाँ सवारी साधन र बहुमूल्य रत्नहरुको संचिति हुने समय रहेको छ ।

कर्कटः कर्कट राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ। ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ । तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । अरूको मुख नताकि कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ ।

सिंहः आज सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । पढाई लेखाइमा आएको लय घट्न सक्छ, शत्रुहरु तपाइँदेखि टाढिन थाल्नेछन, धार्मिक कार्यमा रुची बढ्नेछ भने प्रेम र दाम्पत्य सम्बन्धमा निकटता आउनेछ, हतियार बात निक्सानी हुन सक्छ निकै चनाखो रहनुहोला । 

कन्याः कन्या राशि भएकाहरूका लागि आज पनि समय अत्यन्त शुभ छ । घर बाहिर रहेर काम गर्नेहरुको लागि फलदायी समय रहनेछ, खर्च बढेता रमाइलो भेटघाट र घुमघाममा रमाउने दिन रहेको छ, पारिवारिक सम्बन्धमा टकराबको स्थिति आउन सक्छ, धनमाल हराउन सक्छ चनाखो रहनुहोला ।

तुलाः तुला राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै खराब छ । बिहानको समय झन्झट आइलाग्ने र बिनासित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ, खराब निर्णय हुन सक्छ, मध्यान्हपछिको समय भने केहि सुधारित रहनेछ, आफन्तसंगको सम्बन्धमा क्रमिक सुधार आउनेछ ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै राम्रो छ । काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । व्यवसायमा लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ ।

धनुः धनु राशिका लागि आज स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तपाइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।
 
मकरः मकर राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य अनुकुल रहने छैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला ।
 
कुम्भः कुम्भ राशिका लागि आज पनि समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायमा फाइदा हुनेछ ।

मीनः मीन राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । तपाइको योजना अनुसार काम हुन सक्ने देखिन्न, बोलीको प्रभाव घट्दोक्रममा रहनेछ, अत्यावश्यक यात्रा गर्नुपरेमा मात्र मध्यान्ह अगाडिको समय उचित रहनेछ । आज नाफा घाटा दुवै बराबर हुन सक्नेछ । 

साइतः आज चन्द्रमा तुला राशिमा छन् । त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला
बिहान ६ः४८ बजेदेखि         ८ः१० बजेसम्म        शुभ बेला
बिहान ८ः१० बजेदेखि         ९ः३३ बजेसम्म        रोग बेला
बिहान ९ः३३ बजेदेखि         १०ः५५ बजेसम्म        उद्धेग बेला
बिहान १०ः५५ बजेदेखि        १२ः१७ बजेसम्म        चर बेला
बिहान १२ः१७ बजेदेखि        १ः४० बजेसम्म        लाभ बेला
दिनमा १ः४० बजेदेखि        ३ः०२ बजेसम्म        अमृत बेला
दिनमा ३ः०२ बजेदेखि          ४ः२४ बजेसम्म        काल बेला       
दिउँसो ४ः२४ बजेदेखि           ५ः४७ बजेसम्म        शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ