arrow

म्यानमारको सैन्य कू असफल पार्न गुटेरेसको अपील

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
myanmar-birodh.jpg

काठमाडौं । म्यानमारमा भएको सैन्य कूलाई असफल पार्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले अपील गरेका छन् । उनले म्यानमारमा गत सोमाबार भएको सैन्य कू असफल पार्न विश्व समुदायसँग अपिल गरेका हुन् ।

उनले चुनावको नतिजा उल्ट्याउनका लागि गरिने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएको बीबीसीले लेखेको छ । उनले कू गर्ने नेताले सत्ता चलाउने काइदा यो नभएको समेत स्पष्ट पारेका छन् । 

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा म्यानमारमा भएको सैन्य कू को निन्दा गर्दै वक्तव्य जारी गर्ने प्रयास पुनः गर्ने सम्भावना रहेको पनि बीबीसीले लेखेको छ । 

चीनले भने यसमा विरोध गर्ने सम्भावना औंल्याइएको छ । निर्वाचित आङ साङ सुकीसहितका नेताहरु पक्राउ परेका छन् भने उनीहरुलाई कहाँ राखिएको छ भन्ने पत्तो छैन । 

त्यस्तै म्यानमारको सैन्य कू को विश्वभर नै विरोध भएको छ भने म्यानमारमा पनि विरोध भइरहेको छ । म्यानमारमा थाल ठटाएर विरोध भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ