arrow

हड्तालकाबीच हुँदै भलिबलको फाइनल

logo
युबराज रेग्मी,  
प्रकाशित २०७७ माघ २२ बिहिबार
146353341_187314956516756_5.jpg

झापा  । जिल्लाको गौरादह नगरपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको  उपाधिका लागि झापा गाउँपालिका र बिर्तामोड नगरपालिका भिड्दै छन् । फाइनल खेल बिहीबार दिउँसो १ बजे शुरु हुनेछ । 

बिहीबार नेकपा प्रचण्ड–नेपाल समूहले आमहड्तालको घोषणा गरेको भए पनि खेलकुद भने नरोकिने आयोजक गौरादह खेलकुद विकास समितिले जनाएको छ । 

बुधबार सम्पन्न  सेमीफाइनल खेलबाट बिर्तामोड नगरपालिका र झापा गाउँपालिका फाइनलमा पुगेका हुन् । 

दुवै प्रतिस्पर्धी टिम झापाको माइपूवी पालिका अन्तर्गत पर्द्छ्न ।  बिर्तामोडले गौरादह नगरपालिकालाई २५–२०, १७–२५, २८–२६ , २५–१४ को सेटमा पराजित गरेको थियो  ।
 
झापा गाउँपालिकाले दमक नगरपालिका लाई २३–२५ , २६–२४ ,२५–१७, १७–२५, १७–१५ को सेटमा पराजित गरेको थियो  ।

भलिबल प्रतियोगिताका विजेता र उपविजेता टिमलाई  क्रमशः नगद १ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र, नगद ५१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने गौरादह खेलकुद विकास समितिका संयोजक हेमन्त कार्कीले बताए । साथै  उत्कृष्ट ५ विधामा पर्ने टिमलाई सम्मान स्वरुप  ट्रफीको व्यवस्था गरिएको उनले बताए ।

माघ १९ गतेदेखि श्री जनता माध्यमिक विद्यालय गौरादह १  मा संचालल हुँदै गरेको उक्त प्रस्तिपर्धामा झापा जिल्ला भरका  १३ वटा पालिकाहरुले सहभागिता जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ