arrow

नवलपरासीमा चोरीका पाँच मोटरसाइकल प्रहरीको नियन्त्रणमा, चालक विरुद्ध मुद्दा

logo
रवीन्द्र यादव,
प्रकाशित २०७७ माघ २३ शुक्रबार
bike-pakrau.png

नवलपरासी । नवलपरासी पश्चिममा प्रहरीद्वारा ५ वटा चोरीका मोटरसाइकल सहित चोरी कारोबार मा संलग्न रहेका ५ जना मानिसलाई जिल्लाको बर्दघाट तथा रामग्राम क्षेत्रबाट पक्राउ गरेको छ ।

बिहीबार चेक जाँच गर्ने क्रममा मोटरसाइकल सँग प्रमाण लाग्ने कुनै पनि कागजपत्र नभएका कारण रामग्राम नगरपालिका वडा न .१४ स्थितबाट २ जना चालक सहित २ वटा मोटरसाइकल र बर्दघाट नगरपालिका वडा न . ७, १२ र १४ बाट १/१ जना चालक सहित ३ वटा मोटरसाइकल पक्राउ गरिए छ ।

 पक्राउ गरिएको प्रदेश न .५ लु ६४ प ६३५७ ,लु ४० प ८९११ , लु ४० प ८२ ७७ , लु १५ प ६१४८ र अन टेस्ट बुलेट मोटरसाइकल र मोटरसाइकल चलाउने ५ जनालाई इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरू विरुद्ध चोरी मुद्रामा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी राजु लामाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ