arrow

आइपिएलको अक्सनमा नेपालका आठ खेलाडी

logo
प्रकाशित २०७७ माघ २४ शनिबार
IPL.jpg.jpeg

काठमाडौँ। सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ। आइपिएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

यीमध्ये लामिछानेले यसअघि आइपिएल खेलिसकेका छन्। यसपटक क्यानमार्फत नै आठवटै खेलाडीले आफ्नो नाम आइपिएलका लागि दर्ता गराएका हुन्।

आइपिएलका लागि छनोट हुने वा नहुनेबारे आगामी फागुन ६ गते टुङ्गो लाग्ने छ। उक्त छनोट भारतको चेन्नइमा हुनेछ। आइपिएलका लागि नेपालका आठसहित १५ देशका एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन्। नाम दर्ता गराउनेमा भारतका ८१४ खेलाडी छन्।

आइपिएलका लागि अफगानिस्तानका ३०, अस्ट्रेलियाका ४२, बङ्गलादेशका ५, बेलायतका २१, आयरल्यान्डका दुई, नेदरल्याण्डका एक, न्यूजिल्याण्डका २९, स्कटल्यान्डका सात, दक्षिण अफ्रिकाका ३८, श्रीलङ्काका ३१, युनाइटेड अरब इमिरेट्स (युएई) का नौ, अमेरिकाका दुई, वेष्टइन्डिजका ५६ तथा जिम्बाम्बेका दुई खेलाडीले नाम दर्ता गराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ