arrow

थीर कोइराला हुन् गायिका अञ्जु पन्तका हुनेवाला श्रीमान् 

logo
प्रकाशित २०७७ माघ २४ शनिबार
Anju-Thir.jpg

काठमाडौं । गायक मनोजराज शिवाकोटीसँग एक दशक अघि नै सम्बन्ध विच्छेद गरेकी गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिने भएकी छिन् ।

इलामका थीर कोइरालासँग अन्जुको विवाह हुने भएको पक्कापक्की जस्तै भएको छ । थीरले सामाजिक सञ्जालमार्फ विवाह गर्न लागेको सत्य हो भनेका छन् ।

 ‘तपाईहरुले मिडियामा सुनेको खवर सत्य हो, हामी केही समयदेखि प्रेममा छौंं र निकट भविश्यमा नै एक हुने तयारीमा छौं । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौं ।’

अन्जुकी छोरी परितोशिकाले अन्तरवार्ताका क्रमम आफुले आमालाई दोस्रो विहेका लागि अनुरोध गरेको कुरा बताउँदै आएकी थिइन् ।

यता कोइरालाले शुभचिन्तकको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले आफुहरुलाई अझ उत्साह मिलेको र भविष्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा गरेका छन् ।

अन्जुले भने विवाहका बारेमा प्रतिक्रिया दिएकी छैनन् । तर विवाहको मनस्थितिमा  रहेको बुझिएको छ । एक बर्षभित्र यो जोडीले विवाह गर्ने निश्चित छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ