arrow

म्यान्मारमा इन्टरनेट बन्द, अहिलेसम्मकै ठूलो प्रदर्शन 

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
myanmar1.jpg

काठमाडौं । म्यान्मारमा सैनिक कू विरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो प्रदर्शन भएपछि सेनाले इन्टरनेट सेवा बन्द गरिदिएको छ । गत सोमबार सेनाले गरेको कूको विरुद्ध हजारौं सर्वसाधारण सडकमा उत्रिएका थिए । 

निगरानी समूह नेटबल्क्स इन्टरनेट अब्जरभेटरीलाई उधृत गर्दै बीबीसीले लेखेअनुसार इन्टरेनटमा करिब पूर्ण अवरोध छ र सामान्य अवस्थाको इन्टरनेट सम्पर्क सेवा १६ प्रतिशतमा झरेको छ।

देशको मुख्य सहर याङ्गुनमा भिडले सैन्य शासकको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् । दङ्गा प्रहरीहरुले शहरको मुख्य भागमा मुख्य मार्गहरु बन्द गरेका छन् ।

प्रदर्शनका निम्ति मानिसहरु परिचालन गर्न नदिन सेनाले इन्स्टाग्राम र ट्विटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा बन्द गरेको हो । 

कयौँ मानिसले भर्चूअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध छलेको समेत जनाइएको छ । रोयटर्सका अनुसार नागरिक समाजका सङ्गठनहरुले अवरोध निर्देशनको अवज्ञा गर्न इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवालाई आग्रह गरेका छन्।

मानवाधिकारवादी समूह एम्नेस्टी इन्टरनेशनलले सेवा अवरोधलाई  ‘घृणित र धृष्ट’ कदम भनेको छ। सेनाले अवरोधबारे कुनै टिप्पणी गरेको छैन ।

उसले फेब्रुअरी १ मा भएको कूसँगै इन्टरनेट सेवामा आंशिक रोक लगाएको थियो ।  शनिवार उद्योगका श्रमिक र विद्यार्थीसहित प्रदर्शनकारीहरुले सेनाद्वारा बन्दी बनाइएका निर्वाचित नेत्री आङ सान सू ची र अन्यलाई रिहा गर्न माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ