arrow

मुख्यमन्त्री राईलाई जोगाउन सत्तापक्ष नै प्रदेशसभा रोक्ने रणनीतिमा

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
sherdhan-rai-1.jpg

विराटनगर । प्रदेश नं. १ को प्रदेशसभा बैठक आइतबार बस्दैछ । बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै उनको कुर्सी जोगाइराख्न उनी निकटका सांसदहरुले नै प्रदेशसभा बैठक हुन नदिने रणनीति लिएको बताइएको छ । 

नेकपा दुई समूहमा विभाजित भएपछि ओली समूहका राईविरुद्ध प्रचण्ड–नेपाल समूहले प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो । तर यसअघिको बैठक तीन मिनेटमै टुङ्गिएको थियो । यो बैठक पनि टार्नका लागि अनेक प्रयत्न भइरहेको बताइएको छ । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन भएपछि नेकपा व्यवहारिक रुपमा दुई समूहमा विभाजित भएसँगै प्रचण्ड–नेपाल पक्षका ३७ सांसदले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

यसअघि माघ ७ गते प्रदेशसभाको हिउँदे अधिवेशन शुरु भएको भए पनि तीन मिनेट मात्र बसेर स्थगित गरिएको थियो । प्रचण्ड–नेपाल पक्षले राईलाई हटाएर भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । 

सभामुखले प्रदेशसभा बैठक डाकेपछि अताल्लिएको ओली समूह मुख्यमन्त्री राईलाई टिकाइराख्न कुनै पनि हालतमा अविश्वास प्रस्ताव टेबुल गराउन नदिने रणनीतिमा देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ