- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले भूराजनीतिक र सुरक्षा संवेदनशीलताको विषयमा नेपाल सरकारप्रति प्रश्न उठाएकी छिन् ।
सोमबार विहान सामाजिक संजालमार्फत कोइरालाले लेखेकी छिन् -‘भूराजनीतिक संवेदनशीलता नेपाल सरकारले बुझ्न सकेको खै ? जहाँको कार्यकारी प्रमुखले आफ्नो भूमिमिचेर विदेशीले बाटो बनाएको पत्तो पाउँदैनन्, त्यहाँ विदेशी र शरणार्थीलाई नागरिकता दिँदै जाँदा भोलि उनीहरुका माध्यमबाट हुन सक्ने प्रत्यायोजित कामकोजिम्मा कसले लिने ?’
झापा र मोरङका शिविरमा रहेका शरणार्थीहरुको पुनर्वास गराउने मुलुकहरुको भू-राजनीतिक स्वार्थ शरणार्थीमार्फत प्रयोग हुने खतराप्रति संकेत गर्दै कोइरालाले आफ्नो धारणा राखेकी हुन् ।