arrow

एकादशी स्नान गरेर फर्किएकी रुक्मिणीमाथि गैँडाको आक्रमण

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७७ माघ २६ सोमबार
Rhino.jpg.jpeg

कावासोती ।  पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट ७५ वर्षीया वृद्ध गम्भीर घाइते भएकी छिन ।

जिल्लाको मध्य विन्दु नगरपालिका वडा नं ३ ब्रह्म स्थान बस्ने ७५ वर्षीया रुक्मिणी रेग्मी गैँडाको आक्रमणमा परि गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी विशाल तामाङले बताए ।

तामाङका अनुसार सोमबार बिहान नारायणी नदिमा एकादशी स्नान गरेर फर्किँदै गरेकी रेग्मीलाई करिब १० बजेको समयमा गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको चितवनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय पूर्वी नवलपरासीमा चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने वन्यजन्तुको कारण स्थानीय त्रसित भएका छन् । निकुञ्जबाट निस्कने वन्यजन्तुले मान्छेलाई आक्रमण गरेर घाइते बनाउने , मान्छेको ज्याने जाने तथा खेतीपाती नष्ट गर्न थाले पछि स्थानीय र निकुञ्ज बिच द्वन्द्व बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ