arrow

चलचित्र ‘ए’ अडिसन फागुन २ मा, नयाँ कलाकारलाई अवसर 

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
Acasting.png

काठमाडौं । निर्देशक भोमन कटुवालको निर्देशनमा बन्न लागेको चलचित्र ‘ए’ को लागि कलाकारको खोजी गरिने भएको छ ।

यस चलचित्रको लागि चालचित्र चौतारीले अडिसनको जिम्मा लिएको छ । यहि फागुन २ गते चलचित्र विकास कम्पनी बनस्थलीमा चलचित्र ‘ए’ को अडिसनमा चलचित्रमा आफ्नो अभिनय देखाउन चाहनेले आबेदन दिन सक्ने अडिसनको जिम्मा लिएको चलचित्र चौतारीले जानकारी दिएको छ ।

चलचित्रका लागि चार जना चरित्र अभिनेता र दुई जना चरित्र अभिनेत्री गरी जम्मा ६ जना कलाकारको अडिसन हुने बताइएको छ । भोमन कटुवाल र आकाश उखेडाको लेखन रहेको यस चलचित्रमा प्रल्हाद काफ्लेको लगानी रहको छ ।

विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण गरिन लागिएको यस चलचित्रमा कलाकारहरु प्रमोद अग्रहरी, सोहित मानन्धर, दुर्गेश थापा, राम बाबु रेग्मी, सिएम भारद्वाज र बिकेश प्रजापति भने फाइनल भैसकेका छन ।

काठमाडौं र बनेपा आसपास छायांकन गरिने यस चलचित्रको प्राबिधिक पाटो तर्फको जानकारी र छायांकन मिति  भने अडिसन पश्चात औपचारिक जनाकारी दिने निर्देशक भोमन कटुवालले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ