arrow

‘फटाह फणिन्द्रे’मा भित्रिए कर्मा, छुल्ठिम र रोहित

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
phataha_phadire.jpg

काठमाडौं । अभिनेता कर्मा ‘फटाह फणिन्द्रे’ बन्ने भएका छन् । अरुण खड्काको निर्माण निर्देशन रहने फिल्मको उनी मुख्य भुमिकाको लागि छनौट भएका हुन् ।

मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर निर्माता अरुण खड्काले फिल्मको मुख्य भुमिकाको लागि कमासँगै अभिनेत्री छुल्ठिम.डि गुरुङ र रोहित रुम्बालाई अनुबन्धित गरेको हो ।

केही अगाडि घोषणा भएको यो फिल्मको मुख्य भुमिकाको लागि यस अगाडि सुस्मा कार्की चयन भएकी थिइन् । फिल्मको अन्य कलाकार भने छनौटको क्रममा रहेका छन् ।

श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्ता सुनिल मानन्धर रहेका छन् । विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द, विपिन मल्लको सम्पादन र ईश्वरलाला सिंकेमनको छायाँकन रहनेछ ।

उतक केसीको कथा रहेको फिल्ममा पट्कथा, सम्वाद हिमाल उप्रेती सुशिल पोखरेल र अरुण खड्काको रहेको छ । यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

फिल्म निर्माणको सिलसिलामा आफुले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्दे्र’ मा निर्देशक मार्फत खन्याउन लागेको खड्काले बताए । चैत्रको पहिलोसाताबाट छायाँकन सुरु हुने फिल्मले अपराधको बिषय कमेडीको माध्यमबाट पस्कन लागेको हो । फिल्मका निर्माण नियन्त्रक नेत्र बिष्ट हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ