arrow

प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता शुरु

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
Badminton.jpg

चितवन। प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता– २०७७ आजदेखि यहाँ शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन सङ्घको पहल तथा चितवन जिल्ला ब्याडमिन्टन सङ्घ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा भएको प्रतियोगिताको वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शुभारम्भ गरेका हुन् । 
 
सो अवसरमा प्रदेश प्रमुख प्रसाईले कोभिडका कारण बन्द भएको खेल क्षेत्र बिस्तारै चलायमान हुन लागेको बताए । खेलकूदबाट खेलाडीले आफ्नो र राष्ट्रको नाम विश्वमा परिचित गराउन सक्ने भन्दै उनले खेलाडीका लागि सरकारले पारिश्रमिकको व्यवस्थासमेत शुरु गरेको बताए । प्रदेश प्रमुख प्रसाईले खेलकुदका गतिविधि बढ्न थालेपछि खेल पर्यटनकोसमेत विकास हुने विश्वास व्यक्त गरेका छन् ।  
  
प्रतियोगितामा देशभरका ३०० बढी खेलाडीको सहभागिता रहेको चितवन जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष भरत मल्लले बताए । फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विश्वकै तेस्रो वरियतामा रहेका खेलाडी प्रिन्स दाहाललगायतका राष्ट्रिय खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत आज पहिलो चरणका ६९ वटा खेल सम्पन्न भएको नेपाल ब्याडमिन्टन सङ्घका उपाध्यक्ष सुवास श्रेष्ठले बताए । 
 
विभिन्न आठ विधामा हुने प्रतियोगितामा उमन सिङ्गल, गल्स सिङ्गल अण्डर १७ अन्तर्गतका खेल बिहीबार हुने श्रेष्ठले बताए । प्रतियोगितामा मेन्स सिङ्गल र उमन्स सिङ्गलतर्फ पहिलो हुने खेलाडीले नगद रु एक लाख १५ हजारका दरले पुरस्कार पाउने श्रेष्ठले बताए । प्रतियोगितामा दोस्रो हुनेले रु ५५ हजार र तेस्रो हुने खेलाडीले रु १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रसहितको पुरस्कारको व्यवस्था गरिएको श्रेष्ठको भनाइ छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ