arrow

‘भजन सम्राट’अनुप जलोटाको विचित्रको क्षमता : ३७ वर्ष कान्छी जस्लिनसँग चौथो विवाह !

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
Anup-Jalota-Jasleen-matharu----.jpg

काठमाडौं । भारतका भजन सम्राट भनेर चिनिने अनुप जलोटासँग विचित्रको कला छ । स्वरमा जादु मात्र होइन उनी युवतीहरुलाई मोहित बनाउने क्षमता राख्छन् ।

उनले हालसम्म चार जना महिलासँग विवाह गरिसकेका छन् । ६५ बर्षीय अनुपले केही साताअघि चौथो बिबाह गरेको खबर बाहिरिएपछि उनको चर्चा हुन थालेको छ । ३७ वर्ष कान्छी प्रेमिका २८ बर्षकी जस्लिन मथारुलाई चौथो श्रीमतीको रुपमा भित्र्याएपछि अनुपको चर्चा चुलिएको छ ।

उत्तराखण्डको नैनितालमा जन्मेका अनुपको पहिलो विवाह गुजराती युवती सोनालीसँग गरेका थिए । उनले त्यतिबेला परिवारको असहमतिका बावजुद आफ्नै भजन शिष्यसँग लगनगाँठो कसेका थिए । तर उनीहरुको सम्बन्ध लामो टिक्न सकेन । अन्ततः सम्बन्धविच्छेद भयो ।

अनुपले परिवारको सरसल्लाहमा विना भाटियासँग दोस्रो विवाह गरे । तर भाटियासँगको वैवाहिक सम्बन्ध पनि लामो समयसम्म टिक्न सकेन्। त्यसपछि तेस्री श्रीमतीको रुपमा मेघा गुजरालसँग विवाह गरे ।

त्यसपछि दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका जस्लिनलाई अनुपले भित्र्याएका हुन् । हजारौं गीत, भजन र गजल गाएका अनुपभन्दा जस्लिन ३७ वर्ष कान्छी उमेरकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ