arrow

अमेरिकाले म्यानमारमा ‘कू’ गर्ने सैनिक नेताविरुद्ध लगायो प्रतिबन्ध 

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
myanmar-andolan.jpg

काठमाडौं । अमेरिकाले म्यानमारमा ‘सैन्य कू’ गर्ने सैनिक नेताहरुविरुद्ध प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने सैनिक नेताहरुमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । 

यो कदम सैनिक नेताहरू, उनीहरुका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार–व्यवसायप्रति लक्षित हुने बीबीसीले लेखेको छ ।
अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिने बुझिएको छ । 

कूविरुद्ध प्रदर्शनका क्रममा मङ्गलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्‌अस्थित एउटा अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले पछिल्लो कदम चालेको हो ।

मङ्गलबार प्रदर्शनकारीहरुलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरेका थिए । म्यानमारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन् ।

नेत्री आङ सान सुचीको जननिर्वाचित सरकारलाई सत्ताबाट च्युत गर्दै सेनाले एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको  हो । तर ठूला जमघटहरू गर्न नपाइने नियम तथा रात्रिकालीन कर्फ्युको अवज्ञा गर्दै मानिसहरूले सेनाको विरोधमा प्रदर्शन गर्न छोडेका छैनन्।

बुधबार महिलाहरुले युवराज्ञीका पोशाक लगाएर सैन्य कू को विरोध गरेका छन् । 



नयाँ