arrow

पोर्नोग्राफर ल्यारी रहेनन्

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
larry-flynt-pornographer.jpg

काठमाडौं । पोर्नोग्राफर ल्यारी फिलिन्टको निधन भएको छ । हस्टलर म्याग्जिनका संस्थापक एवं स्वघोषित ‘धुलाई गर्ने बच्चा’ को ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । 

उनका भाइ जिम्मी फिलिन्टले वासिङटन पोष्टलाई ल्यारीको उनकै घर अमेरिकाको लस एन्जल्समा निधन भएको जानकारी दिएको बीबीसीले लेखेको छ । 

सन् १९७४ मा हस्टलरको शुरुआत गरेपछि ल्यारीको प्रसिद्धि शुरु भएको थियो । उनले पाँच दशक उनको करियरमा महत्वपूर्ण भूमिका खेलेका छन् । 

अश्लील कुरालाई बढावा दिएको भन्दै सन् १९७८ मा उनी विरुद्ध जर्जियाको अदालतमा मुद्दा चलिरहँदा उनीमाथि गोली हानिएको थियो । 

उनले जीवनमा आरोप प्रत्यारोप खुवै भोगे पनि १९७० को दशकमै हस्टलरको प्रसिद्धि यति चुलिएको थियो कि यसको सर्कुलन एक दशकमा २० लाख पुगेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ