arrow

दुई छोरीकी आमा सुष्मितालाई छोडे रोहमनले

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
sushmita-rohman.jpg

काठमाडौँ ।  बलिउड अभिनेत्री सुष्मिता सेन आफ्नो व्यवसायीक जीवन भन्दा बढी व्यक्तिगत जीवनले चर्चा मा रहन्छिन्। ४५ वर्षीया सुष्मिता सेन ठुलो पर्दाबाट टाढा छिन तर उनी सोसल मिडियामा धेरै सक्रिय छिन्। ११ जनालाई डेट गरिसकेकी सुष्मिता अहिले भने आफूभन्दा १६ वर्ष कान्छा रोहमनसँग डेटमा छिन् । सुष्मिता प्रेमी रोहमानसँगका तस्बिरहरू शेयर गरी रहन्छिन् । दुवैले सार्वजनिक रूपमा आफ्नो सम्बन्ध स्वीकारेका छन्।

दुवै सोसल मिडियामा एक अर्कालाई प्रेम देखाउँछन्। तर हालसालै सुष्मिताले केही लेखिन् जसबाट ब्रेकअप भएको बताइएको छ । सुष्मिताले रोहमानलाई आफ्नो पोस्टमा सधैँ धन्यवाद दिन्छिन् र उनीप्रति माया व्यक्त गर्ने गर्छिन् ।

सुष्मिता सेनले उनको इन्स्टाग्राममा हालै पोस्ट गरेकी छन्, जसमा लेखिएको छ,'हामीलाई लाग्छ कि पुरुष बदलिनेछ तर यस्तो हुँदैन। पुरुष गल्ती गर्दा छाडेर जाँदिन भन्ने लाग्छ तर उ जान्छे ।' सुष्मिताको यो पोस्ट पछि, फ्यानहरूले उनको र रोहमानको बिचमा केही समस्या रहेको अनुमान गर्न थालेका छन्।  सुष्मिताले यद्यपि कुनै जवाफ दिएकी छैनन्। यसले दुई जनाको बिचमा ठिकठाक नभएको बुझ्न सकिन्छ  । साथै उनले अर्को पोस्टमा आफ्नी आमा र भाउजूसँग बसिरहेकी छिन्। सुष्मिताले यस पोस्टको क्याप्सनमा लेखिदिइन्- 'आमा र छोरीहरू .. हामीले एक अर्काबाट सहयोग पाएका छौँ।'

सुष्मिताको सो पोस्ट बारे उनले मात्र सत्य के हो भन्न सक्दछिन्। लामो समयदेखि सुष्मिता र रोहमानको विवाहको लागि समय पर्खिरहेका थिए। यद्यपि त्यस्तो कुनै पनि खबर अहिलेसम्म खुलेको छैन ।

यसअघि  रहमनले सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमा ब्रेक अप भयो भनी पोस्ट गरेका थिए । ब्रेक अप पोस्टमा रोहमनले सम्बन्धको विषयमा व्याख्या गरेका थिए । उनले सबैभन्दा पहिला आफूलाई प्रेम गर्नु जरुरी रहेको बताएका थिए । उनले आफूले गरेको जस्तै व्यवहार आफ्नो पार्टनरले गरेन भनेर दुःखी हुनु उचित नरहेको बताएका थिए । यसबारे चर्चा चलिरहेको अवस्थामा सुष्मिता सेनले गरेको एक पोस्टले भने उनीहरू अझै प्रेम सम्बन्धमा रहेको पुष्टि गरेको थियो । सुष्मिता सेनले आफ्नो र रोहमनको फोटो पोस्ट गर्दै ‘आई लभ यु’ लेखेकी थिइन् ।'

सुष्मिता र रोहमानबिच १६ वर्षको उमेर फरक छ। सुष्मितासँगै दुवै छोरी रेने र अलिशा पनि प्राय देखिन्छन्। सुष्मितालाई रोहमानले  इन्स्टाग्राममा एक प्रशंसक जस्तो व्यक्तिगत सन्देश पठाएका थिए। यसपछि, ती दुवैको प्रेम कहानी सुरु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ