arrow

बाइडेनले भने- 'अघि बढेनौँ भने,चीनले हाम्रो खाजा खान्छ'

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
biden-xi.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले पूर्वाधार क्षेत्रमा लगानी बढाउन कदम चाल्नु पर्ने बताएका छन् । बिहीबार सिनेटरहरूसँगको कुराकानीमा उनले पूर्वाधारको क्षेत्रलाई  'अपग्रेड' गर्नुपर्ने बताएका हुन् ।

सिनेटरहरूसँगको कुराकानीका क्रममा उनले भनेका छन्, 'यदि हामीले अघि बढ्न सकेनौँ भने, उनीहरूले हाम्रो खाजा खानेछन्,।'

यसअघि उनले बुधवार चिनियाँ राष्ट्रपति जो बाइडेनसँग फोन वार्ता गरेका थिए । 'उनीहरूले यातायात, वातावरण एवं पूर्वाधारसँग सम्बन्धित सबै क्षेत्रमा अर्बौँ डलर  लगानी गरिरहेका छन्, हामीले बस माथि रहनु छ', बाइडेनले भनेका छन् ।

वातावरण र सार्वजनिक निर्माण समितिका सदस्यहरूसँग भेटपछि राष्ट्रपति बाइडेनले आउँदो ४ वर्षमा 'स्वच्छ ऊर्जा' पूर्वाधारका क्षेत्रमा २ ट्रिलियन डलर लगानी गर्दै रोजगारी सिर्जना गर्न प्रस्ताव गरेका छन् ।

अमेरिकन सोसाइटी अफ सिभिल इन्जिनियरिङ (एएससीई)ले सन् २०२५ सम्म अमेरिकाको पूर्वाधार क्षेत्रमा २ ट्रिलियन लगानी गर्नु पर्ने रिपोर्ट सार्वजनिक गरेको छ । यसमा जति ढिला गर्‍यो त्यति मूल्य चुकाउँदै जानुपर्ने एएससीईको चेतावनी छ ।

विश्व आर्थिक फोरम सन् २०१९को ग्लोबल प्रतिस्पर्धात्मक रिपोर्टले अमेरिकालाई पूर्वाधारको आधारमा तेह्रौँ स्थानमा राखेको छ । सन् २००२ मा अमेरिका पहिलो पाँचौँ नम्बरमा थियो ।

पछिल्लो समय चीनले रेल, अपार्टमेन्ट भवन, मेट्रो सिस्टम, विद्युत् एवं प्रविधि क्षेत्रमा ठुलो लगानी गरिरहेको छ । अमेरिकाले पनि पूर्वाधार क्षेत्रमा लगानी बढाउन बाइडेनले पहल चालेको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ