arrow

उद्घाटन खेलमा जागृति विजयी

logo
विवेक मिश्र
प्रकाशित २०७७ फागुन १ शनिबार
football22.jpg

मोरङ । मोरङको शुन्दरहरैचामा शनिवार देखि सुरु भएको प्रथम प्रदेश स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा इटहरीको राष्ट्रिय जागृति फुटवल क्लव विजयी भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथ झरना युवा क्लवले आयोजना गरेको खुल्ला नकआउट फुटवल प्रतियोगितामा एक नम्बर प्रदेशका विभिन्न आठ टिम सहभागी रहेका छन् ।

सुन्दरहरैचा ९ स्थीत रहेको इन्द्रपुर रंगशालामा जारी उक्त फुटवल फाल्गुन सात गते सम्म चल्नेछ । खेलको पहिलो हाफमा  जागृतिको तर्फबाट पहिलो गोल गरेर खाता खोलेका खमिर गिल्सन कन्दङ्वाले दोस्रो गोल पनि उनैले गरेर टिमलाई विजयी गराए ।

पँचायन फुटवल क्लवको तर्फबाट कुनैपनि गोल हुन सकेन । प्रतियोगितामा विजेता टिमले नगद रु १ लाख १ हजार १ सय ११ सहित शिल्ड र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगद रु ५१ हजार १ सय ११ सहित शिल्ड र प्रमाण पत्र पाउने आयोजक क्लवका अध्यक्ष प्रलाद पाठकले बताए । आइतवार झापा फुटबल क्लव झापा र पुर्वाञ्चल एपीएफ सुनसरी बिच खेल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ