arrow

तेस्रो निजगढ मेयर कप फुटवल शुरु, निजगढ सिटीको विजयी शुरुवात

logo
नवराज चौलागाईं
प्रकाशित २०७७ फागुन १ शनिबार
football_nijgad.jpg

निजगढ । शनिबारबाट शुरु भएको तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगितामा साविक विजेता निजगढ सिटी फुटबल क्लवले बिजयी शुरुवात गरेकोछ ।

वडा नम्बर ९ स्थित शहिद हिरालाल रंगशालामा भएको खेलमा निजगढ युवा क्लव बि लाई टाईब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै निजगढ सिटीले प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा निजगढ युवा क्लवका दुई खेलाडीले पेनाल्टी खेर फालेका थिए । निजगढ युवा क्लवका कप्तान रंजित धामी र मंगल कुमरले पेनाल्टी खेर फालेका थिए ।

खेलको म्यान अफ द म्याच निजगढ सिटीका गोल रक्षक रचित थापा घोषित भए । यसअघि  प्रतियोगिताको निजगढका मेयर सुरेश कुमार खनालले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै मेयर खनालले निजगढमा फुटबल खेलको बिकासको लागि नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता संचालनको व्यवस्था गरेको जनाए । मेयर खनालले खेलाडी उत्पादन र फुटबलको प्रवर्द्धनका लागि मेयर कप फुटबलले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

निजगढमा जिल्ला स्तरीय फुटबल प्रशिक्षण केन्द्रको स्थापना हुने प्रक्रियामा रहेको समेत मेयर खनालले बताए । अखिल नेपाल फुटबल संघ एन्फाले निर्माण गर्ने प्रशिक्षण केन्द्रमा फुटबल प्रशिक्षकसहित खेलाडीहरुलाई प्रशिक्षणको व्यवस्था रहने मेयर खनालले बताए ।

आधुनिक स्तरको उक्त प्रशिक्षण केन्द्र स्थापनाकोलागि नगरपालिकाले अखिल नेपाल फुटबल संघ एन्फालाई जग्गाको व्यवस्था गरेको बताए ।  त्यस्तै उप प्रमुख लिलादेवी लामिछाने खनालले खेलकुद क्षेत्रको बिकासकोलागी नगरस्तरीय खेलकुद बिकास समितिको आवश्यकता रहेको औल्याउंदै नगरपालिकाले खेलकुद बिकास समिति गठनमा ध्यान पुर्याउने जनाए ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघ प्रदेश २ का संयोजक पेमासिद्धि लामाले फुटबल खेलको बिकासकोलागी नगरपालिकाले प्रशिक्षक सहित नियमित प्रशिक्षणको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिए ।

प्रतियोगिता अन्तर्गत आईतबार दुईवटा खेल हुनेछन । दिउसो १२ः३० देखि शुरु हुने पहिलो खेलमा सिंगौल फुटबल क्लवको ए टिम र शान्तिटोल युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ भने दिउसो २ः३० बजेदेखि संचालन हुने दोश्रो खेलमा रतनपुर युनाईटेड युथ क्लवको ए टिम र नमोबुद्ध आधुनिक क्लव बीच प्रतिस्पर्धा हुनेछ । फागुन १४ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले एक लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ