arrow

पाँच महिनाकी बच्ची बचाउन ३५ करोडको इन्जेक्सन

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
Vitamin-K-injection.jpg

काठमाडौं । पाँच महिनाकी एक बच्चीलाई बचाउन ३५ करोडको इन्जेक्सन लगाउनु पर्ने भएको छ । भारतकी पाँच महिने तीरा कामतलाई स्पाइनल मस्क्युलर अट्रोफी (एसएमए) को रोग छ । यो रोग भएका रोगीको शरीरमा प्रोटिन बनाउने जिन हुँदैन । यो रोगका कारण मांसपेशी र नसा नष्ट हुन थाल्छन् । 

एसएमए टाइप वानकी बिरामी तीराको उपचार अमेरिकाबा आउने जोल्गेन्स्मा इन्जेक्सनबाटमात्र सम्भव छ । यसको मूल्य भारतमा ३५ करोड २० लाख पर्छ अर्थात भारु २२ करोड । १६ करोड इन्जेक्सनको र ६ करोड यसको ट्याक्स । 

तर महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणविसको पत्रपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्याक्स फ्री गरिदिएका छन् । 

यो इन्जेक्सन नलगाउने हो भने बच्चीको उमेर केबल १३ महिनासम्म मात्रै हो । 

तीरालाई गत १३ जनवरीमा मुम्बईको एसआरसीसी बाल अस्पतालमा भर्ना गरिएको थियो । उनको एउटा फोक्सोले काम गर्न छाडेको थियो । त्यसपछि उनलाई भेन्टिलेटरमा राखियो । 

उनका बाबु आइटी कम्पनीमा र आमा फ्रिलान्स इलेस्ट्रेटर हुन् । त्यसपछि उनीहरुले सामाजिक संजालमा एउटा पेज बनाएर सहायता संकलन गर्न शुरु गरे । तब राम्रो प्रतिक्रिया आयो । १६ करोड भारु उनीहरुले जम्मा गर्न सके । अब उक्त इन्जेक्सन किन्न सकिने छ । 

तीरालाई दूध पिउन समेत कठिनाई हुने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ