arrow

प्रेम दिवसको अवसर पारेर चलचित्र ‘प्रेमगन्ज’को घोषणा

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
premgunj11.jpg

काठमाडौं । बिगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल अब निर्माता बन्ने भएका छन् ।

उनले प्रेम दिवसको अवसर पारेर आफ्नो सामाजिक सञ्जालफेसबुक मार्फत चलचित्र ‘प्रेमगन्ज’ औपचारिक घोषणा गरेका छन् । चलचित्र पूर्ण प्रेम कथामा आधारित हुने उनले बताएका छन् ।

राजु अहिले एक भोजपुरी चलचित्रका निम्ति भारतमा छन् । उनले ‘सगुन’ ‘ए मेरो हजुर ३’ लगायत दर्जनौं चलचित्रमा काम गरिसकेका छन् ।

परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । यस चलचित्रका कलाकार भने फाइनल हुन बाँकी छ । चलचि ‘चलचित्र चौतारी’को ब्यानरमा निर्माण हुन लागेको हो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ